सिलगढी / डाेटीमा घरकाे छतबाट लडेर एक बालक घाइते भएका छन् । हिजाे साेमबार साँझ ६ बजेकाे समयमा शिखर नगरपालिका वडा नं. १० बान्डुङ्ग्रीशैन बस्ने प्रकाश सुनारको छोरा ६ वर्षीय प्रविन सुनार घाइते भएका हुन् । बालक सुनार आफ्नै एकतले घरको छतमा खेल्ने क्रममा छतबाट तल खसेका जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । घाइते बालककाे टाउको, घाँटी र पेटमा चोट लागेकाे छ । बालकाे स्वास्थ्य अवस्था मध्यम रहेकाे छ ।
उनलाई करिब राती १० बजेको समयमा डडेल्धुरा अस्पतालमा लिएकाे र उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।











