
डडेल्धुरा / डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–३ मा भिरबाट लडेर एक वृद्धा घाइते भएकी छन्।
घाइते हुनेमा साेही ठाउँ मतिकाँडाकी ७७ वर्षीया नन्दादेबि सिंह रहेकी छन् । उनी जंगलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर घाइते भएकी डडेल्धुरा प्रहरी स्राेतले जनाएको छ । घाइतेकाे डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ ।