
डाेटी/ डाेटीमा करेन्ट लागेर एक पुरूष घाइते भएका छन् । आज आइतबार बिहान १० बजेको समयमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ७ रातोलीका ४० को भरत राज बिष्ट आफ्नै घरमा करेन्ट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनलाई बिजुलीको वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा बाँया हात र दाँया खुट्टा जलेकाे डाेटी जिल्ला प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो । घाइतेकाे अबस्था मध्यम रहेकाे छ ।
उनलाई जिल्ला अस्पताल डोटीमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज बाँके तर्फ रिफर गरेको भट्टराईले बताउनुभयो ।