युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डडेलधुरा, माघ ४ गते । यस वर्षको हिउँदमा पहिलो ठुलो वर्षा भएको छ । हिउँद सुरु भएपछि वर्षा नै नभएको डडेलधुरामा पर्याप्त वर्षा हुँदा चिसो ह्वात्तै बढेको छ । बिहीबार बिहानैदेखि भएको वर्षाले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ तर खेतीपाती गर्ने किसानलाई भने निकै ठुलो राहत भएको छ ।

जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेलधुराका कार्यालय प्रमुख श्याम सुनारका अनुसार बिहीबार बिहानदेखि दिउँसो २:४५ बजेको समयसम्म ८.७ मिलिमिटर वर्षा भएको छ । बिहीबार बिहान करिब ७:०० बजेदेखि भएको सामान्य वर्षा दिउँसोपछि मध्यम वर्षा भएको थियो । यो वर्षा यस वर्षको हिउँदेयाममा हालसम्मकै उच्च रेकर्ड रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बिहीबार डडेलधुराको अधिकतम तापक्रम सात डिग्री सेल्सियस र न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको छ । यस हिउँदको यो समयमा भएको पर्याप्त वर्षाले व्यावसायिक रूपमा फलफूल खेती गरिरहेका किसानलाई ठुलो राहत भएको अमरगढी नगरपालिका–५, चिरकिट्टे गाउँका किसान प्रजापति पनेरुले बताउनुभयो ।

महाभारत पर्वत क्षेत्रमा एक हजारभन्दा बढी किवीका बिरुवा रोपेर व्यावसायिक फलफूल खेती गर्र्दै आइरहनुभएका पनेरुले यसअघि मङ्सिर र पुस महिनामा हल्का वर्षा र हिमपात हुँदा पनि बोटबिरुवा र बालीनालीलाई राहत पुगेको बताउनुभयो । बिहीबार पर्याप्त वर्षा हुँदा फागुन, चैत महिनामा पर्ने खडेरीलाई समेत राहत पुग्ने उहाँको भनाइ छ ।

अजयमेरु गाउँपालिका–२, बडी गाउँमा आठ हजारभन्दा बढी अनारका बिरुवा रोपेर व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुनुभएका मदन पनेरुले वर्षा हुँदा खुसी लागेको बताउनुभयो । पर्याप्त सिँचाइको व्यवस्था नहुनु र यस वर्ष हालसम्म ठुलो वर्षा नहुँदा पानी मुहान सुक्दै गर्दा भएको वर्षाले बोटबिरुवासँगै परम्परागत गहुँ, मुसुरो, केराउ, मटर खेतीलाई निकै राहत भएको उहाँको भनाइ छ ।

डडेलधुरामा बर्खे र हिउँदे गरेर एक हजार ३७१ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ । प्रतिहेक्टर उत्पादकत्व १३.४ प्रतिशत रहेको छ । वर्षभरिमा १८ हजार ४६१ किलोग्राम तरकारी उत्पादन हुने गरेको तथ्याङ्क कृषि ज्ञान केन्द्रका  कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।

उहाँका अनुसार डडेलधुरामा सात हजार पाँच सय हेक्टर क्षेत्रफलमा गहुँ खेती र ४३५ हेक्टर क्षेत्रफलमा मुसुरो दालको खेती गरिन्छ । अहिले भएको वर्षा गहुँका लागि पर्याप्त भएको उहाँले बताउनुभयो तर टिप्न लागेका तरकारी खेती र खनिन लागेको आलुमा भने केही असर पुग्ने उहाँको भनाइ छ । यसै गरी डडेलधुरामा यस वर्षदेखि एक हजार दुई सय हेक्टर बढी जमिनमा आलु खेती गरिँदै आएको छ । गत वर्षको तथ्याङ्क अनुसार डडेलधुरामा करिब २५ हजार सात सय मेट्रिक टन आलु उत्पादन भएको थियो । गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय