काठमाडौ / अभद्र व्यवहारसम्बन्धी मुद्दामा अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । पछिल्लो समयमा उपत्यका लगायतका क्षेत्रमा समसामयिक गतिविधिमा सुधार हुनुपर्ने भन्दै बुलन्द आवाज उठाउदै आइरहेकी चर्चित तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी परिसरमा लगिएकाे छ ।











