बैतडी / बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–८ जमाडीकी २९ वर्षीया सीता विष्ट रहेकी छन् ।
मृतक विष्ट गत पौष २९ गते घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र अस्पतालबाट केशरपुर स्वास्थ्य चौकी ल्याइएकी ती महिलाको उपचारकै क्रममा मृत्यु भएको हाे ।











