
सिलगढी / डाेटीमा दशौ राष्ट्रिय योग दिवस मनाएकाे छ । आज जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलले “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” मुल भन्ने मुल नाराका आफ्नै हलमा दशौ राष्ट्रिय योग दिवस मनाएकाे हाे ।
योग अभ्यासको शुभारम्भ गर्दै योग प्रशिक्षक बलदेव जोशीले भन्नुभयो ,”हरेक व्यक्तिले बोली व्यवहार कर्म र आहारमा सुधारमा ल्याउन, समाजमा सकारात्मक उर्जा दिने कार्यहरु मात्रै गर्न जरुरी देखिन्छ ।” साथै व्यक्ति सुखको पछाडी लागेर अनेकौ नकारात्मक शक्तिकाे आड्मा घर परिवार समाज र देशलाई अपच्य हुने कामहरु गर्न नहुने र योगमा साधनामा लागे सबैको शारीरिक, मानसिक तथा आध्यात्मिक शान्ति जीवनमा छाउने प्रशिक्षक जाेशीले बताउनु भएकाे छ ।
कार्यक्रममा सहभागी दिपायल सिलगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले याेगले व्यक्तिकाे समग्र शरीरकाे समृद्धि प्रदान गर्ने बताउनुभयो । याेगलाई आफ्नाे शरीरकाे अभिन्न हिस्साकाे रूपमा सबैले लिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
योगले शरीर मन र आत्माको सन्तुलन कायम गर्दै स्वस्थ र सकारात्मक जीवनको आधार निर्माण गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटीका कार्यालय प्रमुख विद्या घिमिरे (देउवा) ले बताउनुभयो । योग हरेक व्यक्ति, समुदाय र हरेक उमेर समुहका लागि अत्यन्त आवश्यक रहेको कुरा उहाँकाे भनाइ छ ।