कैलाली / कैलालीकाे जिल्लाको बर्दगोरिया गाउँपालिका-३ मा प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेकाे छ । साेही ठाउँ खैरेनीका ३४वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जनालाई पक्राउ गरेकाे कैलाली प्रहरीले जनाएकाे छ ।
प्रहरी टोलीले उनीहरूबाट नगद ६२ हजार ८५५ र ७ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।











