युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर,  पुस २८ गते ।  शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन रु पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ । आयोजनाअन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार  गरिएको छ । उपभोक्तालाई चौबीसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ । आठ कठ्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ । यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ ।

समितिले धारा जडानका लागि रु दुई हजार शुःल्क लिने गरेको छ । पानीमो महसुलदर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट रु एक सय शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताउनुभयो । “उपभोक्तालाई शुद्ध खानेपानी उपलव्ध गराउन महिनाको दुईपटक ट्याङ्की सरसफाइ गर्ने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “पानी परीक्षण संयन्त्रबाट वितरण गरिने पानीको गुणस्तर मापन कार्य पनि हुन्छ, पानीको आपूर्तिमा बाधा आउन नदिन टुटफुट भएका ठाउँमा तत्कालै कर्मचारी खटाएर मर्मत हुन्छ ।”

विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हँुदै आएको उहाँले उल्लेख गर्नुभयो । आर्थिक अभावले सोलार तथा जेनेरेटरको व्यवस्था गर्न नसकिएकाले अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजीमा रहेको उहाँले बताउनुभयो ।

वडाको वर्तमान जनसङ्ख्या १५ हजार एक सय ३० छ । जसमा एक हजार सात सय परिवार रहेका छन् । सबै घरपरिवारमा खानेपानी पुर्याउने लक्ष्यका साथ समितिले काम अगाडि बढाउँदै आएको जनाएको छ । आयोजना निर्माणकार्य २०६७ सालदेखि थालिएको थियो । बजेट अभाव, कोरोना महामारीलगायत कारणले निर्माणकार्य ढिलो भएको बताइएको छ । आयोजनालाई पूर्ण क्षमतका साथ सञ्चालन गर्न अझै केही समय लाग्ने भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय