कैलाली / कैलालीमा पुर्वपश्चिम राजमार्ग अन्तरगत मोटरसाईकल दुर्घटना परी चालक घाईते भएका छन । जिल्लाको गौरीगंगा नगरपालिका– १ मा पुर्वबाट आईरहेको ट्रकलाई मोटरसाईकलले ओभरटेक गर्न खोज्दा दुर्घटना हुँदा सोही वडाका २० वर्षिय निराजन चौधरी घाईते भएका कैलाली प्रहरीले जनाएकाे छ । प्रहरीकाअनुसार चालकको दाहिने खुट्टा भाँचिएको छ ।
शनिबार पुर्वबाट आईरहेको ना ६ ख १८७६ नम्बरको ट्रकलाई चौधरीले चलाएको सुपप्र ०१०१२ प ३०४९ नम्बरको मोटरसाइकलले ओभरटेक गरेको थियो ।त्यसपश्चात् पश्चिमबाट आईरहेको सुपप्र ०१००२ त ६९५८ नम्बरको ट्याक्टरमा मोटरसाईकल ठोक्किएपछि अनियन्त्रित भएर पुनः ट्रकमै बजारिएकाे हाे ।











