सिलगढी / प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा किरण धामी सर्वसम्मत निर्वाचित भएका छन । आज बुधबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनबाट धामीको नेतृत्वमा सर्वसहमत नयाँ समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा कृष्ण चन्द, महिला उपाध्यक्षमा लक्ष्मी खड्का, सचिव तेजबहादुर डुम्रेल, कोषाध्यक्ष सीता महता, सचिव भरत बम, सह–सचिव बिमला थापा चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा मोहन सिं ठकुल्ला, प्रशान्त ओली, शुसिला पन्त, शान्ति जोशी र रमेश जोशी चयन भएका छन् ।











