
तिब्बत / हिजाे मङ्गलबार चीनको दुर्गम तिब्बत क्षेत्रमा आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएका छन् । चीनको सरकारी प्रसारणकर्ता सिसिटिभीले सार्वजनिक गरेको भिडियोमा भित्ताहरू चिरा परेपछि घरहरू ध्वस्त भएको देखाइएको छ ।
फुटेजमा देखाइए अनुसार उद्धारकर्मीहरू भग्नावशेष बीच हिँडेका थिए । भूकम्प मङ्गलबार बिहान करिब ९: ०० बजे (०१०० जिएमटी) नेपालसँगको सीमा नजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको तिङरी काउन्टीमा गएको थियो ।
तिब्बतमा घरहरू माटोबाट बनेका कारण उक्त विनाशकारी भुकम्प आउदा सबै घर क्षतिग्रस्त भएकाे राज्य मिडियाले जनाएकाे छ ।
सिसिटिभीले प्रकाशित गरेको निगरानी तस्बिरहरूमा मानिसहरूलाई पसलको गल्लीहरू मार्फत भागिरहेको देखाइएको छ भने र्याकहरू जोडले हल्लिए, खेलौना जस्ता वस्तुहरू भुइँमा खसे ।
सिसिटिभीका अनुसार स्थानीय समयानुसार साँझ ७: ०० बजेसम्म कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको र अन्य १८८ जना घाइते भएका छन् ।
गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने तीत हजार ६०९ घर भत्किएका छन् ।
चाइना अर्थक्वेक नेटवक्र्स सेन्टर (सिइएनसी) ले भूकम्पको तीव्रता ६.८ मापन गरेको छ भने युएस जियोलोजिकल सर्भेका अनुसार ७.१ म्याग्निच्युड मापन गरिएको छ ।
प्रभावित क्षेत्र सगरमाथा शिखरको चिनियाँ तर्फको पहाडी भू-भागले घेरिएको छ ।
भूकम्पको केन्द्रविन्दु तिङरी लगभग ६२ हजार जनसङ्ख्याको घर हो र यो तिब्बतको राजधानी ल्हासा जस्तो सहरी केन्द्रहरू भन्दा कम विकसित छ ।
सन् २०१५ मा नेपालमा आएको ७.८ म्याग्निच्युडको भूकम्पमा करिब नौ हजार मानिसको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए ।
भारतको बिहार राज्यमा केही कम्पन महसुस गरिए पनि कुनै क्षतिको खबर आएको छैन ।
मङ्गलबारको भूकम्प पछिल्लो पाँच वर्षमा २०० किलोमिटर (१२४ माइल) को परिधिभित्र रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली रहेको सिइएनसीले बताएको छ ।
सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको भूकम्पमा १४८ जनाको मृत्यु भएको थियो भने हजारौँ विस्थापित भएका थिए ।
यो सन् २०१४ पछि चीनको सबैभन्दा घातक भूकम्प थियो । सन् २०१४ मा आएको भूकम्पमा परी दक्षिण-पश्चिमी युनान प्रान्तमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
।
उक्त विनाशकारी भूकम्पपछि २४ घण्टामा ५१५ वटा परकम्प महसुस गरिएको छ ।