सिलगढी / डाेटीमा डिउटीमा खटाइएका एक प्रहरी सहायक हवल्दारकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार आज बुधबार इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यरत डडेल्धुरा जिल्लाकाे भागेश्वर गाउँपालिका ५ का प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीकाे मृत्यु भएकाे जनाएको छ ।
कार्यालय डिउटी खटाईएका पालिकाे एक्कासी छाती दुखेर बेहोस हुँदा उपचारको लागि तत्काल स्थानिय बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारको लागि बिहान ४ बजे धनगढी रेफर गरएकाे थियाे ।
बिहान ६ :४० बजेकाे समयमा सेती प्रादेशिक अस्पताल धनगढीमा डाक्टरले चेकजाँच गर्दा मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।











