डाेटी /डाेटीमा आज ( मंगलबार ) एक महिलाको शव सडेगलेकाे अवस्थामा फेला परेको छ । जिल्लाकाे के.आई. सिंह गाउँपालिका वडा नं. ६ लामाडाँडा स्थित जंगलमा नाम,थर, वतन नखुलेकी महिलाको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
मृत भेटिएकी महिलाकाे शव सडेका कारण पहिचान हुन नसक्ने अवस्था रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो । शव फोस्टार्टमका लागि जिल्ला अस्पताल डाेटीकाे शव गृहमा राखिएकाे छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।











