
सिलगढी / चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा नेपाल-चीन सीमानाको तिब्बतमा पर्ने दिंगे काउन्टीलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
त्यस्तै पश्चिम नेपालमा पनि बेलाबखतमा भुकम्प गैरहेकाे छ ।