डाेटी / डाेटीमा श्रीमतीकाे मृत्यु पश्चात् श्रीमान् पक्राउ परेका छन् । आज शनिबार करिव ४ बजेकाे समयमा जिल्लाकाे सायल गाउँपालिका ६ दल्लेख वस्ने भिम नेपालीको श्रीमती २२/२३ वर्षीय शान्ति नेपालीको मृत्यु भएपछि भिमलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
मृतकका काका डोटीकाे के.आई.सिंह गाउँपालिका ४ वस्ने लाले नेपालीले छाेरीकाे मृत्युु शंकास्पद रहेकाे भनेर प्रहरी चाैकी वायलमा मौखिक जानकारी गराए पश्चात् मृतकका श्रीमान भिम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
सो घटना सम्बन्धी अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक भट्टराईको कमाण्डसहित ५ जनाको टोली खटिएको छ। मृतकको शव जिल्ला अस्पताल डाेटीमा राखिएकाे छ ।











