डाेटी / सुदुरपश्चिम प्रदेशमा पहिलोपटक मालपोत कार्यालय डोटीले डाेटेली भाषाकाे अडियो नागरिक बडापत्रकाे सुरूवात गरेकाे छ ।
आज (मंगलबार) प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा डोटेली भाषाको अडियो बडापत्र उद्घाटन गर्दै नागरिकलाई सहजताकाे लागि आफ्नाे माैलिक भाषाकाे अडियाे बडापत्रकाे सुरूवात गरेकाे मालपोत कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
मालपाेत कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन नेपाली नागरिक वडापत्रलाई स्थानीय भाषामा अनुवाद गरी अडियोमा समेत प्रसारण कार्यकाे थालनी गरेकाे मालपोत कार्यालय सूचना अधिकारी सिद्वराज श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार निरक्षर सेवाग्राही बढी प्रत्येक्ष लाभान्वित हुने बताएका छन् ।
साथै आवश्यक कागजातकाे विषयमा सेवाग्राही आफै अभ्यस्त हुने वातावरण सिर्जना भएकाे बताउनुभयो । समय परिवर्तन अनुसार बडापत्रलाई सुधार गर्दै लैजाने कार्यालयकाे भनाइ छ ।











