डाेटी/ अनाैपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) डाेटीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
आज साेमबार दिपायल सिलगढी नगरपालिकाकाे सभाहलमा सराेकारवालाहरूसँग एक ओैपचारिक कार्यक्रम आयाेजना गरि पुस्तक प्रकाशन पूर्व समिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।
यस वर्ष सबैभन्दा बढी घरेलु हिंसाका घटनाहरू संकलन भएका छन् । घटनाहरूको विवरण संकलन गर्ने क्रम जारी रहेकाे इन्सेक डाेटीकाे भनाइ छ । हाल सम्म ३१ घटना संकलन भएकाे छ ।
समाजमा परम्परागत विकृति विसंगति तथा अपराधिक गतिविधिका कारणले मानव अधिकारकाे उल्लङ्घन भैरहेकाे डाेटी प्रमुख जिल्ला
माेहनराज जाेशीले बताउनुभयो । समाजमा घट्न् विभिन्न घटनाहरूकाे न्युनिकरण गर्न सराेकारवाला सबैले मानव विकासकाे दृष्टिकोणलाई ध्यानमा राखेर लाग्नु पर्ने बताउनुभयो । साथै मानव अधिकार उल्लङ्घनका घटना न्युनीकरण गर्न मदिरा बिक्रीवितरणमा नियमन र व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । जाेशीले भन्नुभयो, “समाजप्रति उत्तरदायित्व बनाैँ, घटनाहरूकाे अन्त्य गराैँ।”
प्रकाशन हुने घटनाकाे पुस्तकलाई अन्तर्राष्ट्रिय दस्तावेजकाे रूपमा लिन सकिने भएकाले सबैजनाले हातेमालाे गरेर सबै क्षेत्रका घटना संकलन गर्नमा जाेड दिनुपर्ने मानव अधिकार रक्षक डाेटी जिल्ला संयाेजक नवराज जाेशीले बताउनुभयो ।











