अछाम / अछाममा बोइलर कुखुराको मासु खाँदा एकै परिवारका एक जनाकाे मृत्यु भएको छ भने ३ जना बिरामी भएका छन् । आईतवार मृत्यु हुनेमा जिल्लाको कमलबजार नगरपालिका ३ बयालाका १५ वर्षिय कमल बिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार तुला सिहं बिकले घरमा ल्याएको बोयलर कुखुराको मासु खादाँ उनका १५ बर्षिय छोरा कमल बिकको मृत्यु भएको जनाएको छ ।
मासु खाने ७० वर्षिय नामकी बि. क १३ वर्षिय सिता बि.क ९ वर्षिय बिकास बि.क बिरामी परेका छन् ।
बिरामी परेका ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याइ उपचार भइरहेको र अवस्था मध्यम रहेको
अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रशाद भण्डारीले बताए । प्रहरीले सुप अन्लाईनलाई जानकारी दिएअनुसार बिरामी ३ नै जनाकाे स्वास्थ्य अबस्था सुधार उन्मुख छ ।
भण्डारीले भने “१२ गते दुई परिवारले स्थानीय बेलखेतकाे पसलबाट कुखुरा लिएकाे रहेछ, एउटा परिवारलाई केही नभएकाे र अर्काे परिवारका सबै बिरामी पर्दा एउटाकाे घरमै मृत्यु भएकाे छ ।” भनेर उनले सुप अन्लाईनलाई जानकारी दिए ।











