पुस, १२ शुक्रबार
मनमाेहन ठकुल्ला, डाेटी
डाेटीकाे दिपायल सिलगढी नगरपालिका २ अवस्थित दिल्पेश्वर माध्यमिक विद्यालय दिपायलमा सचेतनामूलक कार्यक्रम गरेकाे छ । आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय डाेटीकाे समन्वय तथा युएनएफपिए र पिसविन नेपालकाे सहकार्यमा महिला तथा बालबालिकाहरू माथि सबै प्रकारका हिंसा न्युनिकरणका लागि रूपान्तरण कक्षाकाे सिकाइ आदानप्रदान तथा लागुपदार्थ दुर्व्यसन न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएकाे हाे ।

रूपान्तरण कक्षाबाट आत्मबल बढ्नुका साथै कक्षामा सिकेका कुरा दैनिकी व्यवहारमा उतार्ने र अरूलाई पनि ज्ञान हस्तान्तरण गर्ने कक्षा १० मा अध्ययनरत छात्रा कल्पना देउवाले बताइन् । नैतिक शिक्षाको आवश्यकता महसुस भैरहेकाे बेला व्यवहारिक शिक्षा तथा ज्ञान बाेध भएकाे विद्यार्थीहरूले बताएका छन् ।

समाजमा वर्तमान समयमा घटिरहेका कुरीतिलाई न्युनिकरण गर्न रूपान्तर कक्षाले ठूलाे सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक दिर्घ बहादुर कठायतले बताए ।
प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीकाअनुसार विकृति विसंगतिले समाज आक्रान्त भैरहेकाे र समाजमा हुने अपराधिक क्रियाकलापकाे न्युनिकरण गर्न विद्यार्थीबाटै परिवर्तनकाे भूमिका निर्वाह हुनु पर्ने बताए । समाज हिंसा र अपराधीक क्रियाकलापकाे सिकार भैरहेकाे बेला त्यसकाे अन्त्य गर्न सराेकारवाला व्यक्ति र विद्यालयबाट असल नागरिकको प्रतिनिधित्व गर्नु पर्ने जाेशीकाे भनाइ छ ।

साथै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख विनाेद शर्माले विद्यार्थीलाई मानव बेचविखन, लागुपदार्थ दुर्व्यसन र सामाजिक सञ्चालनकाे बारेमा अभिमुखीकरण गराएका छन् । उनले भने,” समाजिक सञ्जालकाे गर्नसके सहि सदुपयोग गर्न सकिन्छ, फाइदा लिन पनि सकिन्छ तर आफूले कसरी सदुपयोग गर्ने भन्ने त्याेे तपाईंको जिम्मा ।”
नगरप्रमुख बाजि सिं खड्काले विद्यार्थी परिवर्तन हुँदा समाज परिवर्तन हुने बताए । विद्यार्थी जीवनमा समयकाे बढी महत्त्व रहेकाे बताएका छन् । देशकाे अस्तित्व जाेगाउनकाे लागि असल काम गर्नुपर्ने खड्काकाे भनाइ छ ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिं खडकाको प्रमुख अतिथि, नगर उप-प्रमुख विशिष्ट अतिथि तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यालय उपरिक्षक, ३६ नं गणका प्रमुख सेनानी, दिपायल सिलगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार, सामाजिक अभियानता तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरुको ठूलाे मात्रामा सहभागीता रहेको थियो ।












