युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी /बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका छन् । डिलासैनी गाउँपालिका– २ छेपट्टा गाउँका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएका हुन् ।

बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका –३ मा रहेको सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो । दिउँसो १२ बजे खोप लगाएर ३ बजे घर फर्किदा बालकलाई ज्वरो आएको थियो । राति र्‍याल र फिँज निकाल्न थालेपछि गोकुलेश्वर अस्पताल लैजादै त्यहाँ उपचार हुन नसकेपछि त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बालकको बुधबार राति बाटोमै मृत्यु भएको थियो ।

बर्थिङ सेन्टरमा बालकलाई पोलियो रोगविरुद्धको ओपिभी, पिसिभीको पहिलो डोज र डिपिटी दोस्रो डोज खोप लगाइएको थियो । त्यसैगरी ओपिभी र रोटा डोज खुवाइएको थियो ।

घटनापछि निष्पक्ष छानबीन र क्षतिपूर्तिको माग राखी अभिभावक र स्थानीयले दार्चुला–बैतडी–गोकुलेश्वर सडक अवरुद्ध गरेका छन् । बर्थिङ सेन्टरमा दुई जना बालकलाई सोही प्रकृतिको खोप लगाएकाले अर्का बालकलाई केही नभएकाले खोपकै कारण मृत्यु भएको भन्न नसकिने स्वास्थ्य कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख तिर्थराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोप लगाएका बालकको मृत्यु भएको विषयमा क्षेत्री स्वास्थ्य निर्देशनालयलाई खबर गरी अनुसन्धान टोली पठाइदिन माग गरेका छौं । पोस्टमार्टम र विज्ञ टोलीले अनुसन्धान गरेपछि मात्रै मृत्युको कारण खुल्न सक्छ ।”

घटनापछि गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय वडाध्यक्ष, स्वास्थ्यकर्मी र सुक्षाकर्मीको टिमले स्थानीयहरूसँग छलफल गरिरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख तिर्थराज भट्टले जानकारी दिनुभयो ।

बालकको मृत्युपछि अभिभावक र स्थानीयले सडक अवरुद्ध गरेपछि स्थानीय जनप्रतिनिधि र अभिभावकबिच छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सचना अधिकारी पवनकुमार शाहीले बताउनुभयो । सुरक्षाका लागि प्रहरी टोली खटिएको उहाँले बताउनुभयो । गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय