
जाजरकोट / आज बिहानै जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर बिहान ६: ३३ मिनेटकाे समयमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ ।
यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।
गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्प गएकाे थियाे ।