युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

पुस १० गते, बुधबार ,मनमाेहन ठकुल्ला, डाेटी
डाेटीका किसान पछिल्लो समयमा परम्परागत बाली छाेडेर
व्यावसायिक हिउँदे चकलाबन्दी आलु खेतितर्फ आकर्षित भएका छन् ।
कृषि ज्ञान केन्द्र डाेटीद्वारा चक्लावन्दि आलु खेति तथा क्षेत्र विस्तार कार्यक्रम सुरू भएपछि जिल्लाका विभिन्न क्षेत्रका किसान व्यावसायिक हिउँदे चकलाबन्दी आलु खेतीतर्फ आकर्षीत भएका हुन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, के. आई सिंह गाउँपालिका र आदर्श गाउँपालिका गरी ४ वटा स्थानीय तहका किसानले २० हेक्टर जमिनमा चकलाबन्दी आलु खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्र डाेटीले किसानलाई व्यावसायि बनाउन प्रति व्यक्ति १० क्विन्टल आलुकाे बिउ वितरण गरेपछि किसानले चकलाबन्दी आलुखेति सुरू गरेका हुन् ।

जिल्लाकाे शिखर नगरपालिका ४ देवालीका कालिका कृषक समूहले
२० राेपनी जमिनमा चकलाबन्दी आलु खेति गर्दै आएकाे छन् ।
गत वर्ष हिउँदे २ क्विन्टल आलु खेतिबाट आठ क्विन्टल आलु उत्पादन भएपछि यश वर्ष व्यक्तिगत तथा समूहमार्फत बृहत आलुखेति बिस्तार गरेकाे कालिका कृषक समूहका अध्यक्ष तथा पूर्व नेपाली सेनाका हवल्दार कर्ण बहादुर मल्लले बताए । बजारमा बाहिरबाट तरकारी भित्रिदा किसानलाई बेलाबखतमा समस्या झेल्नु परेकाे मल्ले बताए । उनले थपे,” कृषि ज्ञान केन्द्रकाे ५० प्रतिशत अनुदानमा बृहत आलुखेति गरेका छाैँ,उत्पादनकाे राम्रो अपेक्षा छ।”

गत वर्षभन्दा यस वर्ष चकलाबन्दी आलु खेती गर्ने किसानकाे संख्या ७ प्रतिशतले वृद्धि भएकाे ज्ञान केन्द्रकाे प्राप्त तथ्यांकमा उल्लेख छ ।

त्यस्तै जिल्ला भरी वर्तमान समयमा जम्मा १ हजार ३ सय ६५ हेक्टर जमिनमा ३ सय किसान हिउँदे आलु खेती गरिरहेका छन् । जसमध्ये २ सय जनाले व्यावसायिक आलु खेति गर्दै आएका छन् ।

आफूले जिल्लाका विभिन्न क्षेत्रमा आलु खेती अनुगमन गर्दा हालसम्मको अवस्था सन्तोषजनक रहेको कृषि ज्ञान केन्द्र निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताए । जिल्लामा व्यावसायि किसानकाे संख्या वृद्धि गर्न ज्ञान केन्द्रले किसानलाई अनुदानकाे व्यवस्था वृद्धि गर्दै गएकाे प्रमुख अवस्थीले बताए । अवस्थी थप्छन्, “किसानलाई प्रविधिमैत्री बनाउन प्लास्टिक मलचिङमा आलु खेती विस्तार गरेका छाैँ, जसले गर्दा कम सिँचाइमा आलुको उत्पादन बढाउन सकिन्छ ।”

डाेटीमा आलु उत्पादन बढ्याे
पछिल्लो तीन वर्षयता डाेटीमा आलुकाे उत्पादन बढेकाे छ । कृषि ज्ञान केन्द्रले दिएकाे सूचनाअनुसार पछिल्लो तीन वर्षकाे तथ्यांकलाई तुलना गर्दा बढेकाे पाइएकाे हाे ।

आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ४ सय १२ क्षेत्रफल जमिनमा ४० हजार २ सय ९५. ७२ मेट्रक टन आलु उत्पादन भएकाे छ । याे तथ्यांक प्रतिशत ढाल्दा ११.८१ छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ३ हजार ४ सय ३३ क्षेत्रफल जमिनमा ४० हजार ५ सय ४३.७३ मेट्रिक टन आलु उत्पादन भएकाे प्राप्त सूचनामा उल्लेख छ । प्रतिशतमा ११.८२ हुन आउँछ ।

ज्ञान केन्द्रले उपलब्ध गराएकाे सूचनाअनुसार त्यस्तै आर्थिक २०८०/८१ मा जम्मा ३ हजार ४ सय ७१ क्षेत्रफल जमिनमा ४१ हजार ६ सय ५२ मेट्रिक टन आलु उत्पादन भएकाे छ । त्यस्तै यसलाई प्रतिशतमा लैजाँदा १२ प्रतिशत हुन आउँछ ।

त्यस्तै तीन वर्षकाे आलु उत्पादनकाे तुलना गर्दा आर्थिक वर्ष २०८०/८१ मा १ प्रतिशतले बढेकाे पाइन्छ भने आलु उत्पादन हुने क्षेत्र पनि दिन प्रतिदिन बढ्दै गएकाे छ ।

सायले आलुकाे अबस्था के छ ?

जिल्लाकै सबैभन्दा बढी आलु उत्पादन गरिने सायल गाउँपालिकामा आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाले दिएकाे सूचनाअनुसार १ सय २० हेक्टर जमिनमा १ हजार २ सय मेट्रिक टन आलु उत्पादन भएकाे छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा १ सय ४१ क्षेत्रफल जमिनमा १ हजार ४ सय १० मेट्रिक टन आलु उत्पादन भएकाे छ ।

त्यस्तै गाउँपालिकाकाे प्राप्त सूचनामा उल्लेखअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ सय ३३ क्षेत्रफल जमिनमा १ हजार ६४ मेट्रिकटन मात्रै आलु उत्पादन भएकाे छ । अघिल्लो २ वर्षकाे तुलनामा भने आर्थिक वर्ष २०८०/८१ मा सायलमा आलु उत्पादन घटेकाे देखिन्छ ।

सायलमा जम्मा ४ हजार २ सय ७ घरपरियार मध्य जम्मा आलु खेती गर्ने किसानकाे संख्या १ हजार ७ सय ९५ मात्रै रहेकाे छ ।

फाेटाे : कृषि ज्ञान केन्द्र डाेटीका निमित्त प्रमुख गंगादत्त अवस्थी

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय