युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली । एक एक गरी जोडेको धन अर्कैले खाएर भागेपछि घोडाघोडी नगरपालिका–१, घोडाघोडीगाउँकी राधिका कार्की विक्षिप्त अवस्थामा पुग्नुभएको छ ।

विसं २०७९ मा २३ लाख रुपियाँ खर्चेर किनेको जग्गा विश्वासका भरमा समयमै पास गरेर नलिँदा अहिले उहाँलाई पछुतो भएको छ । राधिकालाई जग्गा बेचेर एक वर्षपहिला रकम बुझिसकेको जग्गा थप अरू दुई जनालाई बेचेर फरार भएकी मीना शाहको अहिले खोजी भइहेको छ ।

मीना र राधिका एकै ठाउँका छिमेकी हुन् । शाहसंग घोडाघोडीमै रहेको एक कट्ठा जमिन २०७९ साल वैशाखमा आफूले किनेको राधिका बताउनुहुन्छ । विभिन्न समयमा किस्ता किस्ता गरे २३ लाख ७६ हजार रुपियाँ बुझाए पनि बैङ्कमा जग्गा भएका कारण दुई वर्ष बित्दासम्म राधिकाको नाममा जग्गा पास भएको थिएन । एकै ठाउँको मान्छे दुःखसुखमा काम लाग्ने भन्दै राधिकाले जग्गाको पूरै रकम बुझाउँदासमेत कुनै लिखत नगरेको बताउनुभयो ।

साना किसान सहकारीमा काम गर्ने मीनाले राधिकालाई बेचेको जग्गा अरूलाई नै बेचेर बेखबर भएपछि राधिकाको होसहवास उडेको छ । राधिका भन्नुहुन्छ, “मैले ठेला व्यवसाय गरेर पाई पाई जोडेको पैसा हो, २९ किस्ता त बैङ्कमा बुझाएको छु । साना छोराछोरी काखमा च्यापेर ठेलामै रात गुजारी कमाएको रकम जग्गामा लगाएँ । मैले विश्वास गरेर कागज पनि गरिनँ ।”

राधिकाका श्रीमान् अटो चलाउनुहुन्छ । राधिकाले घोडाघोडीमै सानो पसल चलाउनुभएको छ । दुःखसुख गरेर ओत लाग्ने घर बनाउने सपना बनाउँदै राधिकाले जग्गामा पैसा लगाउनुभएको थियो । आफूले किनेको जग्गा अरू दुई जनालाई बेचेको खबरसँगै राधिकाको आँखामा आँसुको भेल बगेको छ । रुँदै उहाँ भन्नुहुन्छ, “प्रहरीकहाँ उजुरी गर्न गएको प्रमाण छैन भन्दै निवेदन नै लिएन । आधा रकम नगद दिए । आधा रकम उसको बैङ्कमा भएको ऋण तिर्न किस्ता बुझाएँ । घरजग्गा परिवार सबै भएको मान्छे, यसरी घात होला भन्ने लागेन ।”

मीनाले राधिकालाई बेचेको जग्गा पहलमानपुरका सन्तोषी रोकायालाई बेचेर राजीनामा पास दिइसकेकी रहिछन् । सन्तोषीलाई पास दिनुअघि सोही जग्गा मसुरियाका मीनाकै नाता पर्ने पार्वती कठायतलाई बेचेर पाँच लाख रुपियाँ बैना बुझेको बताइन्छ ।

जग्गाको बैनाका लागि पाँच लाख रुपियाँ बुझाएर मङ्सिरमा जग्गा पास दिने भनेपछि पार्वती दोस्रो पटक जग्गा हेर्न घोडाघोडी आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलो पटक आउँदा कसैले केही भनेन । २० लाख रुपियाँमा जग्गा किनबेच सहमति भएको थियो । पाँच लाख रुपियाँ बैना बुझाएँ । दोस्रो पटक जाँदा जग्गा अरूलाई नै बेचेको थाहा पाएँ ।” उहाँले रकम मीनाको बैङ्क खातामा हालेको प्रमाणसहित प्रहरीकहाँ निवेदन दिएको जनाउनुभयो ।गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय