सिलगढी / डाेटीमा आगाेमा जली एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाकाे सायल गाउँपालिका वडा नं. १ छपाली बस्ने मोति थापा की ६० वर्षीय श्रीमती सरू देवी थापा रहेकी छन् । जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार थापा आज दिउँसो १२ बजेकाे समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा आगोको झिल्का उनले ओडेको सलमा परी आगलागी हुँदा घाइते भएकी हुन् ।
घाइते थापाकाे कम्मर भन्दा मुनिको भाग जलेकाे छ । अहिले घाइतेकाे जिल्ला अस्पताल डाेटीमा उपचार भैरहेको डाेटी प्रहरीकाे भनाइ छ ।











