बझाङ / बझाङमा आज (बुधबार) फेरि भूकम्प गएको छ।
दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।











