
प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प जाँदा तहसनहस भएकाे छ । राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा केन्द्र बिन्दु बनाएर नेपाली समय अनुसार आज बिहान साढे ७ बजे भुकम्प गएकाे हाे ।
फेरि दिउँसो १२ बजेतिरकाे समयमा ५.५ म्याग्निच्युडको परकम्प समेत आएको स्राेतले जनाएको छ । याे भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भुकम्प हाे ।
भुकम्पका कारण भानुआटुमा घरहरु भत्किएका छन् । त्यस्तै प्राप्त भिडियोमा बिजुलीका पोल ढलेका र गाडीहरुमा क्षति पुगेको छ ।
बिबिसीकाअनुसार धेरै मान्छेहरू घाइते भएकाे जनाएको छ ।घाइतेहरुलाई उद्धार गर्दै अस्पताल लैजाने काम जारी छ । अस्पतालको आकस्मिक कक्ष बाहिर थुप्रै घाइते र तिनका आफन्तहरुको भिड देखिन्छ । केही घाइतेहरुको मृत्यु समेत भएका समाचार सार्वजनिक भइरहेका छन् । तर मृतकको संख्या यो समाचार तयार पार्दासम्म सार्वजनिक भइसकेको छैन । उद्धारकर्मी र स्वास्थ्यकर्मीहरु घाइतेहरुको उपचारमा व्यस्त देखिन्छन् ।