मनमोहन ठकुल्ला,डोटी
डोटीमा यस वर्ष धान उत्पादनमा गिरावट आएकाे छ । कृषि ज्ञान केन्द्र डोटीले दिएको सुचना अनुसार अघिल्लो आर्थिक वर्षकाे तुलनामा यस वर्ष धान उत्पादनमा ४ सय ८१ मेट्रिकटनले गिरावट आएकाे हाे ।
चालू आर्थिक वर्षमा जिल्लामा १० हजार ६ सय ६० डेक्टर जमिनमा २८ हजार ९ सय ९५ मेट्रिकटन मात्रै धान उत्पादन भएकाे छ । जसकाे प्रतिशतका हिसावले २.७२ प्रतिशत हुन आउँछ ।
त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१ मा १० हजार ६ सय ८० क्षेत्रफल जमिनमा २९ हजार ४ सय ७६ मेट्रिकटन धान उत्पादन भएकाे छ भने प्रतिशतमा २.७६ प्रतिशत हुन आउँछ ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा साेहीँ क्षेत्रफल जमिनमा २.७४ मेट्रिकटन धान उत्पादन भएको छ । यस आर्थिक वर्षकाे तुलनामा पनि डाेटीमा यस वर्ष धान उत्पादन क्षेत्र र उत्पादनकत्वमा गिरावट आएकाे सुप अन्लाईनलाई प्राप्त तथ्यांकमा उल्लेख छ ।
बर्खाकाे समयमा यस वर्ष धानकाे लागि उपयुक्त माैसम सिर्जना नभएपछि धान उत्पादनमा कम भएकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ का किसान सेर बहादुर चिरालले बताए । किसान चिराल थप्छन्, ” धान पुरै फूलेर १० बाेरा फल्ने खेतमा ५ बाेरा मात्रै फलेकाे छ ।”
धान पसाउने समयमा निरन्तर झरी परेपछि यस वर्ष धान उत्पादन घटेकाे किसानहरूले बताएका छन् ।
साथै जिल्लाका कतिपय क्षेत्रमा यस वर्ष धानबाली राम्रो फलेकाे भएपनि जंगली जनावरले क्षति पुर्याएकाे नारीदाङका किसानहरू बताउछन् । धान भित्र्याउने समयमा बाँदर, बँदेल लगायतका जंगली जनावरले ठूलाे क्षति पुर्याएकाे पूर्वीचाैकी गाउँपालिका ३ का किसान नर बहादुर थापाले बताए ।
कृषि ज्ञान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीकाअनुसार यस वर्ष धान फूल्ने अथवा पसाउने समयमा वर्षा भएपछि उत्पादन कम भएकाे बताए । अवस्थीले थपे,” धेरै त उत्पादन घटेकाे छैन्, गत वर्षभन्दा यस वर्ष अलि उत्पादन घटेकाे छ।”











