बाजुरा / बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।
बाजुराः बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराकाअनुसार जिल्लाको बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडाका हर्क सनइको छोरी ८ वर्षीया बालिका विनिता नेपालीको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेकाे आराेपमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनइलाई पक्राउ गरिएको हाे ।
घटनास्थलबाटै आरोपितकाे साथबाट हसिया १ थान, बन्चरो १ थान र कोदालो १ थान बरामद गरेको बाजुरा प्रहरीकाे भनाइ छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।











