
जाजरकोट / जाजरकोट जिल्लाकाे नलगाड नगरपालिकामा बाेलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
उक्त दुर्घटना परेर मृत्यु हुनेमा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक द्वन्द्रजित थापा, ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा , १८ बर्षीय लक्ष्मी पुन राेका र उनका नाबालक छोरा आलाेचन रोका रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
त्यस्तै घाइते एकजनाकाे उपचार भैरहेको छ भने एकजनालाई डिसचार्ज गरिएकाे छ ।
ग ३ च ९४४५ नम्बरको कालीमाटीबाट करुवा जाँदै गरेको बाेलेरो नलगाड नगरपालिकाको बिरखाेलामा हिजो राति दुर्घटना भएको हो ।