कैलाली / कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा कलाकार हिक्मत महराको मृत्यु भएको छ। मंगलबार साँझ म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटना परी घाइते भएका कलाकार महराकाे उपचारकाे क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएकाे कैलाली प्रहरीले जनाएको छ ।
उनी कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चा बटुल्न सफल भएका थिए । उनीकाे कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ घर भइ हाल गोदावरी–४ मा बस्दैआएका थिए ।











