कैलाली / कैलाली माेटरसाइकल दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार मंगलबार मृत्यु हुनेमा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने अन्दाजी ४० वर्षीय कमलेश चौधरी रहेका छन् ।
उनकाे धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा धनगढीबाट फुलबारीतर्फ जादै गरेकाे सुदूरपश्चिम ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जादै गरेको धनगढी उपमहानगरपालिका–१४ बि गाउँ बस्ने अन्दाजी ३५ वर्षीय सन्तोष सार्कीले चलाएको डल्लबमा पछाडीबाट ठोक्किदा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका क्राममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीकाे जिकिर छ ।
मोटरसाइकल, डल्लब र डल्लबका चालक सार्कीलाई नियन्त्रणमा लिई थपअनुसन्धान भईरहेको छ ।











