डाेटी /डाेटी जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्र र जिल्लाकाे बडीकेदार, पूर्वीचाैकी, सायल लगायतका पालिकाका उच्च लेकाली भेगमा यस वर्ष पहिलाेपटक हिमपात भएकाे हाे । हिउँ परेपछि डाँडाकाँडा सेताम्य र लेकाली भगमा मैलान सम्म तथा मनमाेहक बनेका छन् ।
गहुँ छरेकाे करिव १ महिनापछि लेकाली भेगमा हिमपात हुँदा हिउँदे खेति सप्रने किसानहरूले बताएका छन् । केकाली भेगमा हिमपात तथा ओैलमा पानी परेपछि किसान खुसी भएका छन् ।
हिमपात भएपछि खेतीपातीमा सिँचाइकाे अभाव नहुने पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ का किसान गाेरख ठकुल्लाले बताउनुभयो ।
उहाँले भन्नुभयो,” यस वर्ष हिउँदमा बेलाबखत यसरी हिमपातसँगै पानी परेपछि खेतीपाती राम्रो हुने आसा छ । “











