डाेटी /डोटीमा हाइस र जिप एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।
आज (सोमवार ) बिहान साढे १० बजेको समयमा जिल्लाको जोरायल गाउँपालिका–१ घोरडी स्थित भिमदत्त राजमार्गमा ईभी हाइस र बोलेरो जिप एक आपसमा ठोक्किँदा घाइते हुँनेमा हाइस चालक डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २५ वर्षीय उमेश महरा, अमरगढी नगरपालिका–५ बस्ने ३२ बर्सिया लक्ष्मी भट्ट, सोही ठाउँकी १० बर्सिया बालिका तपस्या भट्ट र ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२६ का ६१ वर्षीय टङ्क प्रसाद खनाल रहेका जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
घाइते मध्य दुई जनालाई उपचारको लागि धनगढी पठाएको र दुई जनाको स्थानीय घण्टेश्वर सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी निरीक्षक सूर्यनारायण भट्टले बताउनुभयो ।
भट्टकाअनुसार डडेल्धुराबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र. ०४ ००१ ज ००४४ नम्बरको ईभी (हाइस) र र धनगढी बाट बझाङ तर्फ आउँदै गरेको लु.प्र. १ च ५८३७ नम्बरको बोलेरो जिप एक आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन् ।