कैलाली / कैलालीमा खैरो हेरोइनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेकाे छ ।
जिल्लाकाे टीकापुर नगरपालिका–९ खक्रौलाबाट टीकापुर–१ का २१ वर्षीय बिशाल शाही ४ ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै गोदावरी नगरपालिका–५ गेटाबाट घनगढी उपमहामगरपालिका–१३ का २३ वर्षीय प्रबिन रानालाई १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे छ ।
यस्तै जिल्लाकाे लम्की–चुहा नगरपालिका–४ बलियाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धिरज चौधरीलाई ८० वटा ट्रमाडोल, २० वटा स्पास, र १६ वटा ट्याबलेट अभिलसहित दुवै जनालाई पक्राउ गरेर गरेकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।











