कैलाली /कैलालीमा श्रमिक कम्युनिस्ट पार्टी नेपालका जिल्ला संयोजकसहित दुई जना पक्राउ प्रहरी फन्दामा परेका छन् ।
बिहिबार चन्दा असुल्न खोजेको आरोपमा अछामको तुर्माखाद गाउँपालिका–४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ का ३२ वर्षीय मुक्तिराम गैरे प्रहरी फन्दामा परेका हुन् ।
बर्दगोरिया गाउँपालिका कार्यालयमा गएर सहयोग रसिद देखाएर चन्दा मागिरहेको भनी गुनासो आएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे कैलाली प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट श्रमिक कम्युनिस्ट पार्टीको प्रर्चा, पम्पलेटसहित ३ थान ठेली (नगदि रसिद) समेत बरामद गरिएको छ।











