युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलालीः कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्।

त्यसमध्ये एक छन् कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना। उनले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए। रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए।
उनले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएक छन्। ‘पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु। वर्षमा एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु। गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए। यसपटक पनि राम्रै उत्पादन हुने आशा छ’, रानाले भने, ‘छ जनाको परिवार छ। तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ। केही बचत पनि हुन्छ।’ उनले मौषमअनुसार तरकारी लगाउने गरेका छन्।

सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए। लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गरेका छन्। “पाँच जनाको परिवार छ। तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ। मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ। पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ”,उनको भनाइ छ।

सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाइन्। उनले एउटा ‘सिजन’मा एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताइन्। ‘मैले पाँच कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ। आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ’, उनले भनिन्।

उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ। ‘आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि हुने। फेरि नजिकै बजार रहेकाले बेच्नलाई कुनै समस्या हुँदैन। बजार भाउ राम्रो भएका बेला त तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ। यसैमा खुसी छौँ’, यहाँका किसानले भन्ने गरेका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय