युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी। डिभिजन वन कार्यालय डोटीले टिमुरका बिरुवा निःशुल्क वितरण गर्ने गरी त्यसको उत्पादनको तयारीमा जुटेको छ । डिभिजन वन प्रमुख गोकुल रिजालले विगतमा निजी नर्सरीबाट बेर्ना किनेर वितरण गर्दै आएकोमा यस वर्ष आफैँले बेर्ना उत्पादन गर्ने तयारी गरेको बताउनुभयो ।

“बेर्ना उत्पादनका लागि अहिले टिमुरको बिउ सङ्कलन भइरहेको छ । पाकेको टिमुरलाई सुकाएर फुटेपछि भित्रको गेडा बिउका रूपमा प्रयोग हुन्छ,” डिभिजन प्रमुख रिजालले भन्नुभयो, “पहिलो पटक परीक्षणका रूपमा आफैँ बेर्ना उत्पादन गर्ने तयारीमा छौँ । बेर्ना तयार गर्न समय लाग्छ, हेरौँ कत्तिको सफल हुन्छ ।”

मध्यपहाडी क्षेत्रको हावापानीमा हुने टिमुर औषधी तथा मसलाका रूपमा प्रयोग हुन्छ । वनजङ्गल, बारीको कान्लामा भएको टिमुरको महत्व नबुझ्दा त्यसै खेर गइरहेको हुन्छ । सामुदायिक वन तथा व्यावसायिक किसानलाई डिभिजन वनले आम्दानीको लाभ लिनका लागि टिमुरका बोट निःशुल्क वितरण गर्ने भएको छ । डोटीको हावापानीमा टिमुर राम्रै फल्ने भएकाले यसको व्यावसायिक उत्पादनका लागि आफैँले बेर्ना तयार गरेर वितरण गर्नसके धेरै जना लाभान्वित हुने प्रमुख रिजालको भनाइ छ ।

उहाँले डिभिजन वनले विभिन्न जातका बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्दै आए पनि अन्य बेर्नाभन्दा टिमुरका बेर्ना उत्पादन गर्न मेहनत र समय लाग्ने भएकाले अलि बढी खर्चिलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक परीक्षणका रूपमा बेर्ना उत्पादन गर्दै छाँै, बिउबाट बेर्ना उमार्ने भएकाले कति उम्रिन्छ, सफल भयो भने प्राइभेट नर्सरीबाट किन्नुपर्ने बाध्यता हट्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय