कैलाली /कैलालीकाे धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानमा ६ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय कमल सिंह बन्जारा थारु र लम्कीचुहा नगरपालिका–५ बस्ने ३५वर्षीय काशिराम खड्का रहेका कैलाली प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा ६ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित फेला पारि नियन्त्रणमा लिएको हो।











