युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, मङ्सिर ८ गते । सुदूरपश्चिम प्रदेश सभा मातहतका विषयगत समितिको काम सुस्त बनेको छ । चारमध्ये तीन संसदीय समितिको सभापति चयन हुन नसक्दा ती समितिको कामकाजमा ढिलासुस्ती भएको हो । तत्कालीन सभापतिहरू सरकारको मन्त्री नियुक्त भएपछि सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति कैयौँ महिनादेखि सभापतिविहीन छन् । काम चलाउनका लागि ती समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्यले ग्रहण गर्दै आउनुभएको छ ।

सभापतिको निर्वाचन हुन नसक्दा समितिका कामले गति लिन नसकेको सामाजिक विकास समितिका सदस्य धर्मराज पाठकले बताउनुभयो । “सभापतिको निर्वाचन चाँडै हुनु पर्छ,” उहाँले भन्नुभयो, “किनभने सभापति नहुँदा समितिले जुन हिसाबले काम गर्नुपर्ने हो, त्यस अनुसार काम हुन सकिरहेको छैन ।”

‘मिनी पार्लियामेन्ट’ मानिने संसदीय समितिले सदन र सरकारको निगरानी गर्ने कार्य गर्छन् । सरकारले गरेको कामको अनुगमन गर्ने, प्रतिवेदन बनाउने र सुझाव दिने कार्य समितिको हो तर सभापतिको चुनाव नहुँदा यी कार्य प्रभावकारी रूपमा हुन नसकिरहेको समिति सदस्य पाठकको बुझाइ छ ।

अहिले विधायन तथा प्रदेश मामिला समिति मात्रै पूर्ण छ । सो समितिको सभापति दिवानसिंह विष्ट रहनुभएको छ । सभापतिविहीन सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी विक्रमसिंह धामी, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको जिम्मेवारी मानबहादुर रावल र सामाजिक विकास समितिको सभापतिको जिम्मेवारी शिवराज भट्टले निर्वाह गर्दै आउनुभएको छ ।

सभापतिविहीन समितिको सभापति चयनका लागि सभामुख भीमबहादुर भण्डारीले केही महिनाअगाडि नै निर्वाचन मिति तय गर्नुभएको थियो तर सत्तारूढ प्रमुख दल नेपाली कांग्रेस र एमालेबिच भागबन्डा नमिल्दा निर्वाचन हुन सकेन । खास गरेर सत्ता साझेदार दुई दलबिच समितिको सभापति पाउने विषयमा सहमति हुन नसकेपछि निर्वाचन हुन नसकेको नेकपा (एमाले) को नेतासमेत रहनुभएका समिति सदस्य पाठकले बताउनुभयो ।

तोकिएको निर्वाचन हुन नसकेपछि अहिलेसम्म तीन समितिले नेतृत्व पाउन सकेका छैनन् । समितिका नेतृत्वकर्ता नहुँदा समितिले काम गर्न नसकिरहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले बताउनुभयो ।

अहिले प्रदेश सभाको अधिवेशन सञ्चालनमा नरहेकाले तत्काल सभापति चयन गर्न सक्ने अवस्था पनि नरहेको जनाइएको छ । प्रदेश सभाको हिउँदे अधिवेशनको मिति निश्चित हुन सकेको छैन । प्रदेश सभामा छलफलका लागि जनताबाट थुप्रै एजेन्डा आइसके पनि सरकारले सभा सञ्चालन गर्न अग्रसरता नदेखाएको चौधरीको जिकिर छ ।  गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय