मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा पहिलाेपटक एक किसानले बेमौसमी काक्रा उत्पादन गरेका छन् । जिल्लाकाे शिखर नगरपालिका वडा नम्बर १० काेराल खाेलाका २६ वर्षीय युवा किसान काेशराज भट्टले पहिलाे पटक २ वटा पाेलिहाउसमा बेमौसमी काक्रा उत्पादन गरेका हुन् ।
करिव ४ वर्षपहिले कृषि आई एस्सि एजि अध्ययन गरेर बेमौसमी तरकारी खेति गर्दै आएकाे किसान भट्टले बताउनुभयो । बजारमा बेमौसमी काक्रा खेतिबाट मनग्ये आमदानी लिन सकिने उहाँकाे भनाइ छ ।
तिहार लक्ष्यित गरेर यस वर्ष असाेज महिनामा परिक्षणकाे रूपमा २ वटा पाेलिहाउसमा सुरू गरेकाे काक्रा खेति माैसमकाे जस्तै राम्रो उत्पादन भएकाे भट्टले बताउनुभयाे । किसान भट्टकाअनुसार माैसमकाे जस्तै बेमौसममा पनि काक्रा उत्पादन भएकाे छ ।
‘यसवर्ष परिक्षणकाे लागि भनेर कृषि ज्ञान केन्द्र डाेटीबाट २ वटा पाेलिहाउस दिएर बेमौसमी काक्रा खेति सुरू गरेका हुन् । अर्काेवर्ष करिव ८/१० वटा पाेलिहाउसमा काक्रा खेति गर्ने छु, उहाँले भन्नुभयो ।
साथै माैसमी भन्दा बेमौसमी तरकारी खेतिबाट मनग्ये आमदानी गर्न सकिने भएकाले बेमौसमी तरकारी खेतिमा बढि जाेड दिएकाे उहाँले भन्नुभएकाे छ । उहाँले भन्नुभयो,” बेमौसमी तरकारी बजारमा बढी माग हुन्छ, माैसमी भन्दा बेमौसमी समयमा अहिले प्रति किलाे दाेब्बरका दरले बजारमा काँक्रा गैरहेकाे छ ।” बेमौसमी तरकारी बिक्रीवितरणमा कुनै समस्या नभएकाे उहाँकाे भनाइ छ ।
अहिले भट्ट काक्रा प्रति केजि ५० देखि ६० रूपैयाँकादरले बिक्री गर्दै आउनुभएको छ ।
अहिले किसानले भट्टले कृषिमा बि. एसी.एजीसमेत अध्ययन गरिसकेका छन् । भट्टले विगत ४ वर्षदेखि बेमौसमी तितेकरेला खेतिसमेत गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगा दत्त अवस्थीकाअनुसार यो सिजन नितान्त अफ सिजन हुने भएकाले काकराकाे मूल्य पनि राम्रो पाईएको बताउनुभयो । हाल २ वटा पाेलिहाउसमा काक्रा खेति रहेका गरिरहेका भट्टलाई यस वर्ष १० वटा पाेलिहाउस पुर्याउन कृषि ज्ञान केन्द्रले थप सहयोग गर्ने प्रमुख अवस्थीकाे भनाइ छ । बेमौसमी काक्रा पाेलिहाउसमा लगाउदा धेरै सिँचाइकाे आवश्यकता नपर्ने उहाँको भनाइ छ ।
साथै कृषि पढेका युवाको लागी कृषि विकास कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले यस वर्षको लागि कार्यक्रम संचालनको लागि आवेदन आह्वान गरेकाले कर्मशिल कृषि पढेका युवाहरुले उक्त कार्यक्रम बाट अधिकतम लाभ लिन ज्ञान केन्द्रले अनुराेध गरेकाे छ ।
कृषि ज्ञान केन्द्र डाेटीकाअनुसार जिल्लामा पहिलोपटक बेमौसमी काक्रा उत्पादन भएकाे जनाएको छ ।












