मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा बायाँ हात भाँचिएकी एक बालिकाकाे सुजङ्ग अस्पताल राजपुर डाेटीमा डाक्टरले बेहाेस् हुने इन्जेक्सन लगाउदा मृत्यु भएकाे छ ।
जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ माझिटोल बस्ने लोकेन्द्र भुलकि ९ वर्षकी छोरी रजनी भुलकाे डाक्टरले अप्रेसन गर्ने क्रममा बेहाेस् हुने इन्जेक्सन लगाउँदा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टकाअनुसार बालिकाकाे हिजाे बुधबार राति करिव ८:१० बजेकाे समयमा बायाँ हातमा अप्रेशन गर्नु पर्ने भएकाले अप्रेशन थ्रेटरमा राखी बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएकाे बताउनुभयो । बालिकाकाे खेल्ने क्रममा लडेर बाँया हात भाँच्चीदा उपचारको लागि २० गते अस्पतालमा ल्याएकाे थियाे ।
मृतक बालिकाका आफन्त नआएकाले हाल उनकाे शव सुजङ अस्पताल डाेटीमा राखिएकाे छ ।
त्यस्तै मृतक बालिकाकाे उपचारको क्रममा संलग्न ३ जना चिकित्सकहरुलाई पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा डा. राजमणि यादब, डा. सुरेन्द्र कु. चौधरी र डा. अबिशेक यादब रहेकाे डाेटी प्रहरीकाे भनाइ छ । घटनाकाे अनुसन्धान गर्न प्रहरी टोली खटिएको जनाएको छ ।