युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
तिहार सकिएसँगै डाेटीकाे मिनी खप्तडमा आन्तरिक पर्यटककाे घुइँचो लाग्न थालेकाे छ ।

जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ अबस्थित मिनि खप्तडकाे उपमा पाएकाे बगलेक क्षेत्रमा तिहारमा देउसी भैलाे खेलेर बनभाेज खाने आन्तरिक पर्यटककाे लर्काे लाग्न थालेकाे स्थानीयले बताएका छन् ।

दिनप्रतिदिन विभिन्न क्षेत्रबाट बनभाेजसँगै नाचगान गरेर रमाइलो गर्ने पर्यटकहरू आउने गरेकाे स्थानीय सवारी चालक कृष्ण बहादुर ओलीले बताए । उनले भने ,” पर्यटकले आजभोलि बगलेक बजारमासहित चहलपहल बढेकाे छ ।

साथै मिनि खप्तडमा वनभाेज खान आउने पर्यटक भित्रिएसँगै व्यापार व्यवसायमा अलिकति भएपनि वृद्धि भएकाे स्थानीय व्यापारीकाे भनाइ छ ।

पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकाे भएपनि उक्त क्षेत्रमा फाेहाेर मैला व्यवस्थापनमा समस्या देखिएकाे स्थानीय बुद्धिजीवीहरूले बताएका छन् ।

मिनि खप्तड जिल्ला सदरमुकाम सिलगढीबाट करिव १० किलाे किटरकाे दुरीमा रहेकाे छ । जहाँ वर्तमान समयमा सडक कालाेपत्र भैसकेपछि ३० मिनेटमा सजिलै पुग्न सकिन्छ ।

जिल्ला सदरमुकाम सिलगढीबाट झिग्रानासम्म सडक कालाेपत्र भएपनि सडकको हेरचाह नहुँदा कतिपय क्षेत्रमा नाली भत्किँदा सडक
भत्किने सम्भावना रहेकाे आन्तरिक तथा बाह्य पर्यटकले गुनासाे गरेका छन् ।

उक्त सडक खण्ड पूर्वाधार विकास कार्यालय डडेलधुराकाे संरक्षणको घेरामा परेपनि सडक भत्किएकाे जानकारी गराउदा अबअब भन्दै टार्दै गरेकाे सञ्चारकर्मीहरूकाे भनाइ छ । सुदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा सिलगढी झिग्राना सडक खण्ड भत्किरहेकाे बारेमा जानकारी गराउदा सुनुवाइ नभएकाे एकजना जिल्ला सदरमुकाम बासी बताउछन् ।

सदरमुकामदेखि झिग्रानासम्म करिव १५ किलाेमिटरकाे दुरीमा रहेकाे सडकखण्ड वर्तमान समयमा धेरै जसाे क्षेत्रमा सडक भासिनुका साथै सडककाे नालि भत्किएकाे छ । दिनप्रतिदिन सडक भत्किन लाग्दा सराेकारवालाकाे भने ध्यानाकर्षण भएकाे छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय