कैलाली / कैलालीको घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्युु भएको छ।
कैलाली प्रहरीकाअनुसार सुदूरपश्चिम प्रदेश ०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँ बस्ने ५४ वर्षीया डम्मरा ओलीको मृत्यु भएको छ । त्यसपश्चात मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक घोडाघोडी नगरपालिका–१ बस्ने २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको छ।











