मनमाेहन ठकुल्ला, डाेटी
‘गरे के हुँदैन?’ भन्ने मान्यतालाई आत्मसात् गर्दै डाेटीका एक नेपाली सेनाका पूर्व हवल्दार व्यावसायिक रूपमा कृषि खेती गर्दै आएका छन् । उनले अवकाशपछिकाे जीवन कृषिमा सुम्पने निधाे गरेका छन् । साथै गाउँमा बाँझो जमिन छाेड्नेहरू प्रति आक्राेश पाेख्दै,” अब जसकाे जाेत, उसकाे पाेत” भने जस्तै हुनुपर्छ भन्ने उनकाे धारणा छ ।
उनी हुन् १७ वर्ष नेपाली सेनाकाे जागिर खाएर अवकाशप्राप्त जिल्लाकाे शिखर नगरपालिका वडा नम्बर ४ देवालीका कर्ण बहादुर मल्ल । हाल करिव २० राेपनी बाँझो जमिनकाे सदुपयोग गर्दै व्यावसायिक रूपमा कृषि खेति गर्दै आएका छन् ।
वि. स २०७९ सालमा नेपाली सेनाबाट अवकाशप्राप्त गर्दा बाँकी जीवन के गर्ने ? भन्ने उनी कुनै अलमलमा थिएन। उनले सेनाकाे जागिरबाट अवकास हुनु भन्दा पहिले नै गाउँ फर्किएर कृषि पेशाकाे सपना बुनिसकेका थिए ।
मल्लले ” शिखर कृषि तथा पशुपन्छि’ कृषि फर्म दर्ता गरेर कृषिको थालनी गरेकाे मात्रै २ वर्ष भयाे । हाल उनीसँग २२ वटा बाख्रा, २ वटा भैँसी, एउटा गाई पाल्दै आएका छन् । उनले बसाइँसराइ गएर गएका छिमेकीको घर वरपरकाे बाँझाे जमिनकाे उपयाेग गर्दै काउली, आलु, टमाटर, गाजर, भेडेखुर्सानी, स्थानीय खुर्सानी, अन्य बेमाैसमी व्यापक तरकारी खेती उत्पादनमा जाेड दिएका छन् ।
उनीसँग हाल ७ वटा टर्नेलमा तरकारी खेति गर्दै आएका छन् । बजारकाे माग बमोजिम उनलाई हाल तरकारी फर्मबाट निर्यात गर्न भ्याइनभ्याई छ । हाल उनकाे आमदानीकाे कुरा गर्दा बार्षिक रूपमा कृषि तथा पशुपालनबाट ५ लाख बराबरको आयआर्जन छ ।
मल्लले हाल फलफूल खेतिकाे पनि थालनी गरेका छन् । बसाइँसराइका कारण गाउँकाे बाँझो जमिनमा जंगली जनावरले बसाेबास गर्न थालेपछि उने हाल उक्त जमिनमा करि साढे सात सय स्याउ, आँप, कागती, सुन्तला, फलफूलका बाेटहरू राेपेका छन् । छिमेकीले परिक्षणकाे रूपमा स्याउका बाेट पहिल्यै बस्तीमा राेपेकाले उनले पनि फलफूलकाे रूपमा स्याउ खेतिकाे पनि थालनी गरेका छन् ।
पूर्वसेना मल्ल हाल आफू कृषि पेशामा आवद्ध रहेपनि गाउँमा रहेका युवायुवती तथा अन्य व्यक्तिहरूलाई समेत कृषि पेशामा आकर्षित गराउन एउटा सामुदायिक पुस्तकालयकाे स्थापना गरेका छन् । जहाँ सम्पर्क कृषि खेतीपातीका किताब छन् । उनी भन्छन्,” गाउँघरमा माेवाइल खेलाउदै दिन बिताउनेहरूकाे लर्काे छ, त्याे भन्दा पुस्तकालयमा गएर कृषिका किताबहरू अध्ययन गर्छन् आजभोलि ।
राेजगारीकाे लागि गाउँबाट सबै युवायुवती भारत र अन्य तेस्रो मूलुकमा पलायन हुन थालेपछि कृषिमा जनशक्तिकाे अभाव भएकाे उनकाे भनाइ छ । उनले थपे,” बजारकाे माग बढेकाे छ, बजारीकरणमा समस्या छैन, छ त केवल उत्पादनमा छ ।”
कृषि क्षेत्रमा उनले फड्काे मार्दै गएपछि गत वर्ष उनलाई कृषि ज्ञानकेन्द्र डाेटीले एउटा ५० प्रतिशत छुट अनुदानमा हाते ट्याक्टर र ७ वटा पाेलिहाउस् उपलब्ध गराएकाे छ भने नगरपालिका कृषि शाखाले सिँचाइ गर्न भनी ७० हजारकाे पाइप उपलब्ध गराएकाे छ ।
मल्लकाे बृहत् मात्रा तरकारी उत्पादनमा जाेड दिने अझै सपना पूरा भएकाे छैन् । उनकाे कृषि क्षेत्रलाई जलवायु मैत्री बनाउने प्रयत्न छ र लागि परेका पनि छन् ।
मल्ल थप्छन् ,” बाँझो जमिनकाे उपयोग गर्न सम्बन्धित निकायले बसाइँसराइ गरेर पहाड छाेड्नेहरूलाई उनीहरूले आफ्नाे जमिनमा वृक्षरोपण गरेपछि मात्रै बसाइँसराइकाे सिफारिस गर्न बाध्य बनाउनु पर्छ अथवा गर्नुपर्छ नत्र भने राेक्नु पर्छ पुरै गाउँ रित्तो भएकाे अबस्था छ, जमिन बाँझो भएसँगै जंगली जनावरको आतंक बढेकाे छ, त्यसकाे जिम्मा कसले लिने ? ”
तर पछिल्लो समयमा ग्रामीण भेगमा जाने हाे भने स्थानीयले गाउँमा बाँझो जमिनका कारण जंगली जनाकाे साेही स्थानमा बास हुन थालेपछि आक्रमणकाे जाेखिम बढ्नुका साथै खेतीपाती तथा पशुपालनमा ठूलाे क्षति गरेकाे बताउछन् ।











