
सिलगढी / डाेटीमा बँदेलकाे आक्रमणमा परी एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जिल्लाकाे बडिकेदार गाउँपालिका वडा नं. ०१ धामीगाउँ बस्ने २७ वर्षीय नविन बडेला रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । मृतक बडेला ( हिजाे) बुधबार साेही ठाउँ स्थित मष्टदेवता सामुदायिक वनमा बाख्रा चराउदै गरेको अवस्थामा मध्याह्न १२ बजेकाे समयमा जङ्गली जनावर बँदेलले आक्रमण परी घाइते भएका थिए । त्यसपश्चात उपचारको लागी धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताएका छन् ।
घटनाबारे थपअनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।