
सिलगढी / जिल्ला अस्पताल डाेटीमा रहेका उपचाररत बिरामीलाई फलफूल वितरण गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज (बुधबार ) फलफूल वितरण गरिएको हाे।
नेता कर्माचार्यको जन्म शताब्दीको अवसर पारी जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूकाे स्वास्थ्य लाभकाे कामना गर्दै फलफूल वितरण गरिएको माओवादी केन्द्र डोटीका सचिव डबल बहादुर सिंहले बताए । सिंहले भने,” फलफूलले गर्दा बिरामीकाे रोगप्रतिरोधात्मक क्षमता बढ्छ, त्यसैले अस्पतालमा बेडभर्ना भएका ३० जना बिरामीलाई फलफूल वितरण गरेका छाैँ। ”
नेपाल मजदुर आन्दोलनका संस्थापक समेत रहेका एक कर्मनिष्ठ, क्रान्तिकारी तथा सिद्धान्तनिष्ठ नेता, नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउने नरबहादुर कर्माचार्यकाे बुबा चन्द्रबहादुर कर्माचार्य र आमा श्रीकुमारीको जेठो सन्तानका रुपमा १९८१ कार्तिक १४ गते बिहिबार भाइटीकाका दिन पाटनको कुम्भेश्वर, झटापोलमा जन्म भएकाे थियाे ।