
कैलाली/ कैलालीमा प्रहरीले चार जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश विक र गंगा साउँद रहेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार उनीहरूलाई गत शुक्रबार राति जिल्लाको गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करन विकको मृत्यु घटनामाथि आफ्न्तले चारै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दामा
किटानी जाहेरी दिएपछि पक्राउ गरिएकाे हाे ।
ओलानीमा जुवातास भइरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरीको टोली जुवाखालमा पुगेको थियो। प्रहरी त्यहाँ नपुग्दै जुवातास खेलिरहेकाहरु भागेका थिए। तर विक भने भोलिपल्ट स्थानीय कुलोमा खसेको अवस्थामा मृत भेटिएका थिए।
जुवाखालबाट भाग्ने क्रममा विकको मृत्यु भएको आशंका भएपछि चार जनाको शंकास्पद भूमिका देखिएका कारण प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको छ।