मनमाेहन ठकुल्ला, डाेटी
जलवायु परिवर्तन अनुकुल रैथाने बाली डाेटीमा लाेप हुँदै गएका छन् । बजारमा परम्परागत रैथाने बालीको माग बढेपनि ती बाली लाेभ हुँदै गएका छन् । परम्परागत खेतिकाे रूपमा गरिने जाैँ, काेदाे, कागुनाे, चाेताे, भातिबेथे, लेकाली बेथे, तिल, चिनाे, तिरकुलाे आदि विभिन्न बाली लाेभ हुँदैगएका छन् ।
बजारमा नयाँ बिउभिजन भित्रएसँगै रैथाने बालीकाे संरक्षणकाे अभाव हुँदा ती बालिहरू लाेभ हुन पुगेका किसानहरूले बताएका छन् ।
सबैभन्दा धेरै खेती गरिने तथा धानकाे गडागडनमा भरिभराउ लगाइने कागुनाे पछिल्लो समयमा अस्तित्व गुमाउन पुगेकाे छ । स्थानीय तहले रैथाने बाली प्रवर्द्धनमा चाँसाे नदेखाएको कृषकहरूकाे आराेप छ ।
परम्परागत बालिकाे बीउ हराएपछि पुनः खेति बिस्तार गर्न बीउ खाेजिरहेकाे जाेरायल गाउँपालिका वडा नम्बर ४ का किसान पदम बहादुर पाली बताए । ” जाेरायल बासमती, गत, मास, काेदाे व्यावसायिक रूपमा अहिले यहाँका किसान पनि गरिहरेका छन् म पनि गर्दैछु, उनले भने ।”
किसान पाली भन्छन्, ” पुराना बाली कागुनाे, पिँडालु, चाेताे, बेथे सबै हराएको छ, बीउ पाइराखेकाे छैन् थाेरै भएपनि केही बालिकाे बिउ उत्पादन गरिरहेकाे उहाँले बताए । पुराना जातका बालिहरू वर्तमान समयसम्म आइपुगदा फाट्टफुट्ट मात्रामा मात्रै देखिने गरेकाे अर्का जाेरायका किसान राम बहादुर सार्कीले बताए । उनले भने,” व्यापक रूपमा पुराना जातकाे खेति गर्ने प्रवृत्त हरायाे ।” उनी भन्छन् ” कागुनाे भन्ने अहिले आएर चिने भरखरै गाउँमा एउटा किसानले लगाएका छन् थाेरै।”
पालिकामा जिन बैंक भएकाले रैथाने बालीलाई संरक्षण गर्न गाउँपालिकाले बैकबाट बिउ ल्याएर किसानलाई वितरण गरिरहेकाे जाेरायल गाउँपालिका कृषि शाखा नायव प्राविधिक सहायक चन्द्र बहादुर सार्कीले बताए । पालिकाका विभिन्न क्षेत्रमा रैथाने बालि प्रवर्द्धन गर्न लिवर्ड संस्था, जिन बैंक र पालिकाकाे संयुक्त साझेदारीमा रैथाने बाली बिस्तार गरिरहेकाे सार्कीले बताएका छन् । उले थपे,” रैथाने बाली लाेभ हुँदैछ अहिले अनुदानबाटै भएपनि संरक्षण तर्फ जुटिरहेका छाैँ।”
बाेगटान फुड्सिल गाउँपालिका कृषि शाखा प्रमुख याेगेन्द्रबिक्रम बाेगटीकाअनुसार गाउँपालिकाले रैथाने बाली सम्बन्धी कार्यक्रम संघ संस्थाकाे साझेदारीमा भैरहेकाे बताए ।
त्यस्तै २०६७ सालमा गैरसरकारी संस्था लिबर्डकाे सहयाेगमा जाेरायल गाउँपालिका वडा नम्बर १ मा घण्टेश्वर सामुदायिक बिउ बैंक स्थापना भएकाे छ । उक्त सामुदायिक बिउ बैंक व्यवस्थापक गणेश बिष्टका अनुसार सधैं खेतीपाती गर्ने समयमा जाेरायलमा मात्रै करिव ५ क्विन्टल बिउ वितरण हुने गरेकाे बताए । बैकले वर्तमान समयमा स्थानीय स्तरमा पाइने सबै रैथाने बाली संरक्षण गरेर राखेकाे र वितरण जाेरायल गाउँपालिकामा मात्रै गरिरहेकाे व्यवस्थापक बिष्टले बताएका छन् । बैंक सञ्चालनकाे लागि लिबर्ड नाम संस्था, जाेरायल गाउँपालिका र कृषि ज्ञान केन्द्र डाेटीले पनि सहयाेग गरिरहेकाे बताए।
उनले थपे, “स्थानीय बाली बचाउन कृषकलाई पैचाेकाे रूपमा बीउ दिने गरेकाछाैँ र त्यसबाट उत्पादन हुँने सबै खरिद पनि हामी नै गर्छु, कृषकले बाहिर बेच्न पाउदैनन् ।”
यस्ता बाली सम्बन्धी तथ्यांक खाेज्दा कृषि ज्ञान केन्द्र डाेटी र स्थानीय तहमा भेटिदैनन् । कृषि ज्ञान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीकाअनुसार ज्ञान केन्द्रले वतर्मान समयमा जाेरायल बासमती बजारीकरण मात्रै गरिएको बताए । उनले भने,” रैथाने बाली उत्पादनमा भन्दा पहिचानसहितकाे बजारिकरणमा जाेड दियाे भने बालि किसानले आफै उत्पादन गर्छन् त्यसरी रैथाने बाली वृद्धि पनि हुन्छ । ”
विगतका दिनहरूमा जेजस्तो भएपनि याे आर्थिक वर्ष २०८१/८२ मा रैथाने बालि प्रवर्द्धन स्थानीय तहकाे माग बमोजिम बाेगटान फुड्सिल गाउँपालिका र साइले आलु प्रवर्द्धनकाे कार्यक्रम रहेकाे प्रमुख अवस्थिकाे भनाइ छ। बाेगटानकाे खैराे भट्ट पूर्वी नेपालमा वर्षेनी निर्यात भैरहेकाले पहिचानसहितकाे बजारिकरण गर्नकाे लागि डाेटेली खैराे भट्मासकाे कठ्ठा बनाइ निर्यात गर्ने उनले बताए ।
निमित्त प्रमुख अवस्थीले रैथाने बालि लाेभ हुनुकाे मुख्य कारण किसानले बालिकाे बजारिकरणकाे मूल्य थाहा नपाउन सकेकाे बताए । वर्तमान समयमा मानिसहरूकाे खानपान र जीवनशैली फेरिएसँगै रैथाने बालिकाे अस्तित्व गुमेकाे अवस्थीले बताएका छन् ।
उनले थपिहाले” जलवायु परिवर्तन अनुकुलन गर्ने रैथाने बालि हाे ।” स्थानीय रैथाने बालिलाई माैसमले कुनै पनि प्रभाव नपार्ने भएकाले रैथाने बालि प्रवर्द्धनमा जाेड दिन आवश्यक रहेकाे छ।”











