
काठमाडौं : माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभाअघिको खबरदारी जुलुस काठमाडौं भैरहेको छ।
काठमाडौं मल अगाडिबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको जुलुस बाजागाजा र झाँकीसहित रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपतर्फ अघि बढेको छ।
केपी शर्मा ओली सरकारको सय दिन असफल र भ्रष्टाचारीलाई जोगाउने षडयन्त्र भइरहेको निष्कर्ष निकाल्दै माओवादीले खबरदारी जुलुस र सभा आयोजना गरेको माओवादी केन्द्रले जनाएको छ।
सभालाई रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टी नेताहरूले बताएका छन्। बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पूरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले बताए।
सभालाई प्रचण्डले सम्बोधन गर्ने छन्। अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ।